FAQs Complain Problems

सुनापति गाउँपालिकाको सुनापति डाडामा रहेको तामाङ समुदाय छ्योर्तेन

Read More

सुनापति ३ हिलेदेबी लामाटोलमा रहेको ऐतिहासिक पोखरी

Read More

सुनापति गाउँपालिकाकाे संक्षिप्त परिचय

मुलुकमा संघीय शासन व्यवस्था लागु भए पछि वि.सं. २०७३ फागुन २७ गने देखि सुनापति गाउँपालिका अस्तित्वमा आएको छ । यस गाउँपालिकाको  सिमाना पूर्वमा खाँडादेबी गाउँपालिका पश्चिममा चौरीखोला उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी पर्दछ । यो गाउँपालिका साबिकको पांच गाउँ विकास समितिहरु (गुन्सी,दिमीपोखरी,हिलेदेबी, बेथान र खनियापानी) मिलेर बनेको हो । समुन्द्री सतहदेखि करीव ६०० देखि२३०० मिटर सम्मको उचाइमा अवस्थित यो पालिका विश्वमान चित्रमा २७.४७ उत्तरी अक्षांश र ८५.९०ड्ढ पूर्वी देशान्तरमा पर्दछ । जिल्ला नापी कार्यालय रामेछापका अनुुसार यस पालिकाको कुल क्षेत्रफल ८६.९८ वर्ग किलोमिटर रहेको छ ।
राष्ट्रिय जनगणना ,२०७८ अनुसार यस पालिकाको जनसंख्या १४,६५८ रहेको छ। जसमा महिलाको जनसंख्या ७,७१०  र पुरुषको जनसंख्या ६९४८  रहेको छ । वडागत रुपमा सवैभन्दा वढि अधिक जनसंख्या वडा नं ४ मा रहेको छ । यस पालिकामा घरधूरी संख्या ४१९३ छ ।
सुनापति डाडाँको नामबाट नै यस पालिकाको नामाकरण गरिएको हो । रामेछाप जिल्लामा सुनापति डाडाँकोे एक अलग पहिचान रहेको छ । एकातिर यो साविकका हिलेदेबी,बेथान र खनियापानी गाउँ विकार समितिहरुको संगम स्थल हो भने अर्को तर्फ हिन्दु र वौद्ध धर्मालम्वीहरुको धार्मिक र सांस्कृतिक केन्द्र विन्दु पनि हो ।सुनापति डाडाँमा महादेवको मन्दिर र वौद्ध धर्मालम्वीहरुको करीव १०४ वर्ष पुरानो ऐतिहासिक माने(छ्योर्तेन) र १०८ वर्ष पुरानो लहरेमाने पनि छ जुन पुरातत्व विभागमा समेत सूचीकृत भइसकेको  छ। यसरी सुनापति एक धार्मिक एवं सांस्कृतिक विविधताले भरिपूर्ण एक पर्यटकीय गन्तव्य पनि हो ।जटिल भौगोलिक धरातल र न्यून आन्तरिक आयका विचमा पनि गाउँपालिकाको सवै क्षेत्रमा सडकको सहज पहुँच छ । गाउँपालिकाबाट जिल्ला सदरमुकाम मन्थली र राजधानी काठमाडौ सम्म सडक सञ्जाल विस्तार भएको छ । गाउँपालिका भित्र करीव २७६ किलोमिटर सडकको ट्रयाकमा करीव १०० किलोमिटर सडक वाह्रै महिना सुचारु हुने प्रकृतिको छ  भने ७ कि मि.सडक कालोपत्रे भइसकेको छ । पालिकाको सवै क्षेत्र विद्युतिकरण भइसकेको छ । उत्कृष्ट शैक्षिक केन्द्रको स्थापनको दिशामा यो पालिका अग्रणीस्थानमा  देखिएको छ । स्वास्थ्य सेवाको सन्दर्भमा २४ सै घण्टा सवै वडाहरुमा प्रसुती सेवा सुचारु छ भने आधा आधा घण्टाको पहुँचमा सवै पालिकावासिलाई स्वास्थ्य सेवा पु¥याउन गाउँपालिका प्रयासरत छ । चिया विकास र विस्तार मार्फत कृषि र पर्यटन  विकास गर्ने तथा कृषि वालि र फलफलु र पकेट र ब्लक स्थापना गरी कृषिलाई व्यवसायिक र आधुनिकीकरण गर्ने अभियानमा पालिका निरन्तर प्रयासरत छ । 

Pages

जन प्रतिनिधि

ठुलो कान्छा तामाङ
अध्यक्ष
९८५१०७५८०८ ९८५४०८०९५७
गिता बिष्ट चौलागाईं
उपाध्यक्ष
९८५४०४३५२७, ९८५४०८०९५६

कर्मचारी

सुरेश कुमार श्रेष्ठ
प्रमुख प्रशासकीय अधिकृत
९८५४०८०९६०
IT officer
सन्ताेष चाैलागाई
सूचना अधिकारी
९८५४०६६८४०

ऐन, कानुन तथा निर्देशिका