FAQs Complain Problems

सुनापति गाउँपालिकाकाे संक्षिप्त परिचय

मुलुकमा संघीय शासन व्यवस्था लागु भए पछि वि.सं. २०७३ फागुन २७ गने देखि सुनापति गाउँपालिका अस्तित्वमा आएको छ । यस गाउँपालिकाको  सिमाना पूर्वमा खाँडादेबी गाउँपालिका पश्चिममा चौरीखोला उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी पर्दछ । यो गाउँपालिका साबिकको पांच गाउँ विकास समितिहरु (गुन्सी,दिमीपोखरी,हिलेदेबी, बेथान र खनियापानी) मिलेर बनेको हो । समुन्द्री सतहदेखि करीव ६०० देखि२३०० मिटर सम्मको उचाइमा अवस्थित यो पालिका विश्वमान चित्रमा २७.४७ उत्तरी अक्षांश र ८५.९०ड्ढ पूर्वी देशान्तरमा पर्दछ । जिल्ला नापी कार्यालय रामेछापका अनुुसार यस पालिकाको कुल क्षेत्रफल ८६.९८ वर्ग किलोमिटर रहेको छ ।
घरधुरी सर्वेक्षण ,२०७५ अनुसार यस पालिकाको जनसंख्या २७०९० रहेको छ। जसमा महिलाको जनसंख्या   १३६८९ र पुरुषको जनसंख्या १३४०३ रहेको छ । वडागत रुपमा सवैभन्दा वढि अधिक जनसंख्या वडा नं ४ मा रहेको छ ।गाउँपालिकाद्धारा गरिएको घरधुरी सर्वेक्षण,२०७५ अनुसार यस पालिकामा घरधूरी संख्या ४७०९ छ ।
सुनापति डाडाँको नामबाट नै यस पालिकाको नामाकरण गरिएको हो । रामेछाप जिल्लामा सुनापति डाडाँकोे एक अलग पहिचान रहेको छ । एकातिर यो साविकका हिलेदेबी,बेथान र खनियापानी गाउँ विकार समितिहरुको संगम स्थल हो भने अर्को तर्फ हिन्दु र वौद्ध धर्मालम्वीहरुको धार्मिक र सांस्कृतिक केन्द्र विन्दु पनि हो ।सुनापति डाडाँमा महादेवको मन्दिर र वौद्ध धर्मालम्वीहरुको करीव १०४ वर्ष पुरानो ऐतिहासिक माने(छ्योर्तेन) र १०८ वर्ष पुरानो लहरेमाने पनि छ जुन पुरातत्व विभागमा समेत सूचीकृत भइसकेको  छ। यसरी सुनापति एक धार्मिक एवं सांस्कृतिक विविधताले भरिपूर्ण एक पर्यटकीय गन्तव्य पनि हो ।जटिल भौगोलिक धरातल र न्यून आन्तरिक आयका विचमा पनि गाउँपालिकाको सवै क्षेत्रमा सडकको सहज पहुँच छ । गाउँपालिकाबाट जिल्ला सदरमुकाम मन्थली र राजधानी काठमाडौ सम्म सडक सञ्जाल विस्तार भएको छ । गाउँपालिका भित्र करीव २७६ किलोमिटर सडकको ट्रयाकमा करीव १०० किलोमिटर सडक वाह्रै महिना सुचारु हुने प्रकृतिको छ  भने २६०० मिटर सडक कालोपत्रे भइसकेको छ । पालिकाको सवै क्षेत्र विद्युतिकरण भइसकेको छ । उत्कृष्ट शैक्षिक केन्द्रको स्थापनको दिशामा यो पालिका अग्रणीस्थानमा  देखिएको छ । स्वास्थ्य सेवाको सन्दर्भमा २४ सै घण्टा सवै वडाहरुमा प्रसुती सेवा सुचारु छ भने आधा आधा घण्टाको पहुँचमा सवै पालिकावासिलाई स्वास्थ्य सेवा पु¥याउन गाउँपालिका प्रयासरत छ । चिया विकास र विस्तार मार्फत कृषि र पर्यटन  विकास गर्ने तथा कृषि वालि र फलफलु र पकेट र ब्लक स्थापना गरी कृषिलाई व्यवसायिक र आधुनिकीकरण गर्ने अभियानमा पालिका निरन्तर प्रयासरत छ ।