सुनापती गाउँपालिकाकाे संक्षिप्त परिचय

सुनापति गाउँपालिका रामेछाप जिल्लामा पर्दछ । यस गाउँपालिकाको स्थापाना २०७३ फागुन २७ गते भएको थियो | यस गाउँपालिकाको सिमाना पूर्वमा खाँडादेबी गाउँपालिका पश्चिममा चौरीखोला उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदि पर्दछ | यो गाउँपालिका साबिकको पांच  गा.बि.स.(गुन्सी,दिमीपोखरी,हिलेदेबी, बेथान,र खनियापानी) मिलाएर बनाएको हो | यस गाउँपालिकाको क्षेत्रफल करिब ८६.९८ वर्ग कि.मि छ | यो गाउँपालिकाको कुल जनसंख्या १८१४१ रहेको छ |

Pages